भारतविरुद्ध हेनरिक क्लासेनले पुरा गरे अर्धशतक

By खबरहब

June 29, 2024

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि भारतले दिएको १७७ रनको लक्ष्य पछ्याइ रहेको दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेका छन् ।

२३ बलको सामना गरेका उनले २ चौका र ५ छक्का सहित ५१ रन बनाएर खेलिरहेका छन् ।

यसअघि दक्षिण अफ्रिकाले क्विन्टन डे ककलाई १२ र्औ ओभरको तेस्रो बलमा गुमाएको थियो । अर्शदीप सिंहको बलमा कुलदीप यादवबाट क्याच आउट हुनुअघि डे ककले ३९ रन बनाए । ३१ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे ।