ब्रेकिङ स्टोरी

संक्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक जारी

By खबरहब

July 29, 2024

काठमाडौँ– सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित कार्यदलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा जारी बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अन्तिम रुप दिने तयारी रहेको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा सैद्धान्तिक सहमति जुटाएको कार्यदलले आज सरोकारवालासँग छलफल गरेपछि अन्तिम रुप दिने बताइएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी छन् ।

बैठकमा गृहसचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरलगायत सहभागी छन् ।