प्रवास

अमेरिकामा एक नेपालीको हत्या

By खबरहब

July 29, 2024

काठमाडौँ– अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ ।

अमेरिकाको टेक्ससमा रुकुमको बाँकेकोट–१० का ३० वर्षीय दीपक वलीको लुटेरा समूहले आइतबार गोली हानी हत्या गरेका हुन् ।

लुटेरा समूहले टेक्सस वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ स्थित ग्याँस स्टेसनमा कार्यरत वलीमाथि स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेका थिए ।