खेलकुद

दक्षिण कोरियालाई चौथो स्वर्ण

By खबरहब

July 29, 2024

काठमाडौं– पेरिस ओलम्पिक अन्तर्गत भएको सुटिङको महिला १० मिटर एयर राइफलमा दक्षिण कोरियाकी १६ वर्षीय हान ह्युजनले स्वर्ण पदक जितेकी छन् ।

नाटकीय खेलको अन्तिम दुई सट बाँकी रहँदा चिनिया हुवाङ इटिङलाई धेरै पछि छाडेकी हनले अन्तिम दुई सट खराब प्रहार गरे पछि खेल सट आउटमा गएको थियो ।

सट आउटमा युटिङलाई हानले शून्य दशमलव १ अङ्कले पछि पारिन् ।

सो स्पर्धामा स्विट्जलरल्यान्डकी आन्द्रे गोगनाइटले कांस्य पदक जितेकी छिन् । सो स्वर्णले दक्षिण कोरियालाई तालिकाको शीर्ष स्थानमा लगेको छ ।

जापान र दक्षिण कोरिया दुवैले ४ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेका छन् ।