खेलकुद

पेरिस ओलम्पिक २०२४ : मनिता पहिलो खेलमै निराश

By खबरहब

July 29, 2024

काठमाडौं– नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् ।

च्याम्प–डे–मार्स एरेना म्याट १ मा सोमबार उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन् ।

तर, उनी सर्बियन खेलाडी मारिका पेरिसिकसँग पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिएकी हुन् ।

पेरिसिकले उनलाई एकै मिनेटमा पराजित गरेकी हुन् । योसँगै परेसिकले अन्तिम १६ मा स्थान पक्का गरेकी छन् ।