राजनीति

कांग्रेसले मन्त्रीको नाम सिफारिस नगर्दा सरकार गठनमा समय लाग्यो : मुख्यमन्त्री कार्की

By खबरहब

July 29, 2024

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसले मन्त्रीहरूको नाम सिफारिस गर्न ढिला गरेका कारण सरकार गठनमा समय लागेको बताएका छन् ।

सोमबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन बारे लगभग सहमति भइसकेको र नेकपा एमालेले मुख्यमन्त्री सहित ५ वटा र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति भएको बताए ।

तर कांग्रेसका तर्फबाट नाम नआउँदा ढिलाइ भएको उनको भनाइ छ । उनले केन्द्रमा भएको सहमति अनुसार नै आधा आधा कार्यकाल सरकार चलाउने सहमति भए अनुसार चाडै मन्त्रिमण्डल पुनर्गठन हुने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले बजेट संशोधन नभई केही विषयमा पुनरावलोकन गरिने समेत बताए ।