ब्रेकिङ स्टोरी

एकैपटक २२ जना सचिवको सरुवा, अर्थमा रामप्रसाद घिमिरे

By खबरहब

July 29, 2024

काठमाडौं – सरकारले २२ जना सचिवहरुको एकैपटक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ । अर्थ सचिवको रुपमा कार्यरत मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यलयमा सरुवा गरिएको छ ।

स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा गरिएको छ । यता श्रम मन्त्रालयमा कार्यरत सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।