देश/प्रदेश

कायममुकायम प्रधानसेनापतिको जिम्मा सिग्देललाई दिने सरकारको निर्णय

By खबरहब

July 29, 2024

काठमाडौं – सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेकाे हो । प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकास पाउँदै छन् ।

परम्पराअनुसार शर्मा अवकास पाउनु भन्दा एक महिना अगाडि साउन २४ गतेदेखि विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।