समाचार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै

By खबरहब

August 29, 2024

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे १० बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

आजको बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्याका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।