राजनीति

सभापति देउवाले गरे पार्टीको पेशागत तथा बुद्धिजीवी विभाग विस्तार

By खबरहब

August 29, 2024

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पेशागत तथा बुद्धिजीवी विभाग विस्तार गरेका छन् ।

उनले कांग्रेसको विधानको धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य डा. डिला संग्रौला प्रमुख रहेको विभाग विस्तार गरेका हुन् ।

विभागमा ललितपुरका डा. लोकनाथ दुलाल, पाल्पाका डा. विष्णु बस्याल, बाँकेका डा. तबस्सुम सिद्दिकी, कैलालीको देवराज अवस्थी, चितवनका मनबहादुर थापा, सप्तरीका ई. दिलिपकुमार झालाई सदस्यमा मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार मोरङका ई. मनोज घिमिरे, दैलेखका गणेश शाही, पर्वतका डम्बरबहादुर विक र तेह्रथुमका विजय सम्बाहाम्फेलाई पनि विभागको सदस्यमा मनोनयन गरिएको छ ।