राजनीति

एमालेले भदौ १८ र १९ गतेका लागि बोलायो पोलिटब्युरो बैठक

By खबरहब

August 29, 2024

काठमाडौं– नेकपा एमालेले पोलिटब्युरो बैठक बोलाएको छ । बिहीबार बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्ने गरी पोलिटब्युरो बैठक बोलाएको हो ।

पोलिटब्युरो बैठकमा वार्षिक कार्य योजना र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।