राजनीति

एकीकृत समाजवादीको वरिष्ठ नेतामा तीन जना मनोनीत

By खबरहब

August 29, 2024

काठमाडौं–  नेकपा एकीकृत समाजवादीले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनीत गरेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औँ महाधिवेशनले अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।

बाँकी पदाधिकारी र ८४ सदस्यीय पोलिटब्युरो सदस्य चयनका लागि एकीकृत समाजवादीले निर्वाचन नै गर्नुपरेको थियो ।

वरिष्ठ उपाध्यक्षको दाबी गरेका तीन नेतालाई माधव नेपालले वरिष्ठ नेतामा व्यवस्थापन गरेका छन् ।