समाचार

अबदेखि हरेक महिना ‘सार्वजानिकस्थलमा राष्ट्रपति’, शुक्रबार भक्तपुर दरबार क्षेत्र जाने

By खबरहब

August 29, 2024

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अबदेखि महिनामा एक पटक सार्वजनिकस्थलमा घुम्ने भएका छन् ।

शीतल निवासले भदौदेखि नै महिनामा एकदिन ‘सार्वजानिकस्थलमा राष्ट्रपति’ कार्यक्रम सुरु गरेको हो ।

यस कार्यक्रमअन्तर्गत पहिलो महिना उनी शुक्रबार भक्तपुर घुम्न जाने भएका छन् ।

पहिलो शुक्रबार राष्ट्रपति पौडेल भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको शीतल निवासले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेल शुक्रबार बिहान साढे १० बजे भक्तपुर दरबार स्क्वायर पुग्ने तालिका शीतल निवासले सार्वजनिक गरेको छ ।