समाचार

मुना पाण्डेको हत्या प्रकरण : पक्राउ परेका व्यक्ति ५१ वर्षीय बबीसिंह शाह

By खबरहब

August 29, 2024

काठमाडौं – अमेरिकामा २१ वर्षीया नेपाली युवती मुना पाण्डेको गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्ति बबीसिंह शाह भएको खुलेको छ ।

सीसीटीभी फुटेजका आधारमा पहिचान भएका ५१ वर्षीय बबी लाई ह्युस्टनस्थित प्रहरीले सडक यात्रारत रहेको अवस्थामा रोकेर पक्राउ गरेको थियो ।

अमेरिकामा नेपाली पत्रकारहरूले संचालन गरेको अनलाइन नेप्योर्कले पक्राउ परेका व्यक्तिको पहिचान खुलेको जनाएको छ ।

पक्राउ परेका बबी मुना मृत भेटिएको अपार्टमेन्टमा अगस्ट २४ राति ९ बजेर ४८ मिनेटमा देखिएका थिए। त्यसपछि प्रहरीले उनको तस्बिर सार्वजनिक गरेको थियो ।

उनीसँग अहिले प्रहरीले बयान लिइरहेको छ । उनीविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको छ ।