देश/प्रदेश

पाँचथर विस्फोट : एक बालिकाको मृत्यु (अपडेट)

By खबरहब

August 29, 2024

पाँचथर – पाँचथरमा विस्फोटक पदार्थ पड्कँदा घाइते भएका मध्ये एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापास्थित बीएन्डसी मेडिकल कलेजमा लैजाने क्रममा गम्भिर घाईते २ बर्षीया प्रिन्सा साँवाको बाटोमा नै निधन भएको प्रहरीले जनाएको छ ।

फालेलुङ गाउँपालिका–५, लुङमादिनमा बिहीबार विस्फोटक पदार्थ पड्कँदा चार बालबालिका घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते चार जनामध्ये गम्भिर घाइते तीन जनालाई थप उपचारका लागि झापा पठाइएको थियो । झापा लग्दै गर्दा प्रिन्साको बाटोमा नै ज्यान गएको हाे ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘होममेड ग्रिनेट’ बिष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ ।