खेलकुद

स्पेनिस ला लिगा : ओसासुनासँग बार्सिलोना स्तब्ध

By खबरहब

September 29, 2024

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसासुनासँग स्तब्ध भएको छ । गएराती भएको खेलमा बार्सिलोना ओसासुनासँग ४–२ गोलले पराजित भएको हो ।

ओसासुनाको जितमा आंटे बुडीमिरले दुई गोल गरेका थिए भने ब्रयान जारागोजा र अबेल ब्रेटोन्सले एकएक गोल गरेका थिए ।

त्यस्तै बार्सिलोनाका लागि पाउ भिक्टर र लामिन यमलले एक–एक गोल गरेका थिए ।

यस सिजनमा बार्सिलोनाको यो पहिलो हार हो भने ओसासुनाको चौथो जित हो । यो जितसँगै ओसासुना ८ खेलबाट १४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

पराजित भएको बार्सिलोना २१ अंकसहित शीर्षस्थानमा रहेको छ ।