देश/प्रदेश

धादिङको झ्याप्ले खोलामा पुरिएका बस र यात्रुको खोजी जारी, थप तीन शव फेला

By खबरहब

September 29, 2024

काठमाडौं– गत विहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले धादिङको झ्याप्ले खोलामा अझै केही सवारी साधन पुरिएको आशंकामा प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

सुरक्षाकर्मीले हिजो उक्त स्थानमा उद्धार तथा खोजीका क्रममा एउटा बस र एउटा विङ्गरमा सवार १४ यात्रुको शव फेला पारेको थियो ।

यस्तै, गोरखाबाट काठमाडौँका लागि छुटेको दरौँदी यातायात प्रालिको ना४ख २२७० नम्बरको नवदुर्गा यातायात नामको बस र चितवन–काठमाडौं रूटमा चल्ने बा२ख १३४५ नम्बरको माइक्रो बस गत शुक्रबारदेखि सम्पर्कविहीन भएको खबर पाएपछि सुरक्षाकर्मीले खोजी कार्यलाई तिव्रता दिएको छ ।

सुरक्षाकर्मीले खोजीका क्रममा आज बिहान सोही स्थानबाट थप तीनवटा शव फेला पारेको छ ।