काठमाडौं– नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ‘दशैँ अफर २०८१’ सार्वजनिक गरेको छ ।
याे अफरअन्तर्गत भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू आजदेखि कार्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् ।
टेलिकमका हरि ढकालका अनुसार साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजहरूमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ ।
यो अफर समयावधिभित्र नयाँ सेवा जडान गर्ने, प्याकेज नवीकरण गर्ने सबैका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा ५०० रुपैयाँ मिनाहा गरिएको छ ।
दशैँ अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधासहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।
साथै २५० रुपैयाँमा मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ ।
यी सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार आगामी कार्तिक २३ गतेसम्म *१४१५*६# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।