आर्थिक

एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

By खबरहब

September 29, 2024

काठमाडौं– एनएमबि बैंक लिमिटेडले आज  विश्व मुटु दिवस, २०२४ को अवसरमा आफ्ना बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वास्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्त्वपूर्ण जानकारीहरू उपलब्ध गराए ।

साथै, यसै कार्यक्रमको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्त्व बारे जानकारी प्रवाह गरिएको थियो ।