काठमाडौं – काठमाडौँ महानगरपालिकाको कालिमाटी- कुलेश्वर- टंकेश्वर एरियाको ३२ वटा पसलमा अनुगमन गर्दा प्लास्टिकजन्य फूलमाला बिक्री गरिरहेको पाइएकोले महानगर प्रहरीले सो फूलमाला जफत गरेको छ।
त्यसैगरी मंगलबार नै लाजिम्पाट ,रानीबारी ,बाँसबारी सुकेधारा लगायतका २० वटा पसलबाट पनि प्लास्टिकजन्य फूलमाला जफत गरिएको छ । महानगरले स्वदेशी फूलमाला बिक्रीलाई प्रोत्साहित गर्न नगर प्रहरी खटाएर प्लास्टिक र कागजका जफत अभियान चलाइको हो ।
यसअघि महानगरका मेयर बालेन शाहले प्लास्टिकका फूलहरू बिक्री बितरण गरेमा कारबाही गरिने सूचना जारी गरिसकेका छन् । महानगरले काठमाडौंका ४६ स्थानमा स्वदेशी फूलमाला कृषकले बेच्ने व्यवस्था गरेको छ ।