काठमाडौं– यही मंसिर १६ गते हुने उप निर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि हुने निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट केशवराज पन्तलाई उम्मेदवार बनाउने भएको छ ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको आज बसेको बैठकले धनगढी उपमहानगरपालिका वडा न. २ का वडा सदस्य केशवराज पन्त लाई जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत बहादुर रावत डोटेली कान्छाले बताएका छन् ।
निर्णय पश्चात उम्मेदवार पन्तलाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूले शुभकामना दिएका थिए । जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदमा यही मंसिर १६ गते निर्वाचन हुँदैछ ।