काठमाडौं– कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेडमा रहेको सीएसएपीएल (सिंगापुरे) हाेल्डिङ्स प्रालिको बाँकी ३३.३३ प्रतिशत सेयर किनेको छ ।
सीएसएपीएलको कार्ल्सबर्ग इन्डिया प्रा.लि. (सीआईपीएल) मा १०० प्रतिशत सेयर स्वामित्व छ । नेपालमा पनि सीएसएपीएलले गोर्खा ब्रुअरी प्रा.लि. (जीबीपीएल) मा सेयर स्वामित्व धारण गरी व्यवसाय सञ्चालन गरिरहेको छ।
२०८१ साउनमा भएको सहमति अनुसार कार्ल्सबर्ग ग्रुपले अब भारतमा रहेको व्यवसायको शतप्रतिशत स्वामित्व ग्रहण गरेको छ । सीएसएपीएलमार्फत् गोर्खा ब्रुअरीमा ९९.९४ प्रतिशत सेयर स्वामित्व कायम भएको छ ।