खेलकुद

आहा रारा गोल्डकप : आज चर्च ब्वाइज र नेपाल पुलिस खेल्ने

By खबरहब

January 30, 2024

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज चौथो तथा अन्तिम क्वार्टरफाइनलकाे खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने खेलमा आज चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा दुवै टोली जित निकाल्दै अन्तिम चारमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

चर्च ब्वाइज सिधै र पुलिस एपीएफलाई हराएर क्वार्टरफाइनलमा पुगेका हुन् ।

आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीबार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ ।

एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र उपविजेता टोलीले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।