खेलकुद

स्पेनिस ला लिगा : ग्रानाडामाथि गेटाफेको जित

By खबरहब

January 30, 2024

काठमाडौँ– स्पेनिस  ला लिगा फुटबलमा गेटाफेले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै गेटाफे विजयी भएको हो ।

गेटाफेका मेसन ग्रीनवुड र बोर्जा मेयरलले एक–एक गोल गरे । गेटाफेका ग्रीनवुडले खेलको २१औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३६औँ मिनेटमा बोर्जाले गरेको गोलसँगै गेटाफे २–० गोलले विजयी भयो ।

यो जितसँगै गेटाफे २१ खेलबाट २९ अंक जोडेर १०औँ स्थानमा छ । पराजित भएको ग्रानाडाले २२ खेलबाट ११ अंक जोडेको छ ।