खेलकुद

एएफसी एसियन कप : कतार क्वार्टरफाइनलमा प्रवेश

By खबरहब

January 30, 2024

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा आयोजक कतार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्लेस्टाइनलाई २–१ गोलले हराउँदै कतार क्वार्टरफाइनलमा पुगेको हो ।

कतारका लागि हसन अल हेडोस र अक्रम अइफले एक–एक गोल गरेका थिए । यस्तै प्यालेस्टाइनका ओडे डब्बागले एक गोल गरे ।

खेलको ३७औँ मिनेटमा ओडे डब्बागको गोलमार्फत प्यालेस्टाइनले अग्रता लिएको थियो ।

तर प्यालेस्टाइनका हेडोसले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउँदै खेललाई १–१ गोलको स्थितिमा ल्याए । त्यसपछि ४९ मिनेटमा प्यलेस्टाइनका अक्रमले गरेको गोलसँगै कतार २–१ गोलले विजयी भयो ।