फाइल फोटो

आर्थिक

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

January 30, 2024

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साेमबार चाँदी तोलाको १४०५ रुपैयाँमा कारोबार भएको थियो ।