सांकेतिक तस्बिर

अपराध

 बुवाको हत्या आरोपमा छोरा पक्राउ

By खबरहब

January 30, 2024

‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरी– बुवाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेव रहेका छन् ।

आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको आरोपमा रिसिदेवलाई सोमबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले चिबुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।