फाइल फोटो

अपराध

काठमाडौंबाट ११ जना जुवाडे पक्राउ

By खबरहब

January 30, 2024

‍‍‍काठमाडौं– काठमाडौं महानगरपालिका- २६ ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लीला डाँगी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

डाँगीले उक्त होटलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १३ लाख ६२ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।