सांकेतिक तस्बिर

देश/प्रदेश

 नुहाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

By खबरहब

January 30, 2024

‍‍‍‍‍‍‍‍‍बाँके– डुडुवा गाउँपालिका-१ सन्तलिया बस्ने ३५ वर्षीया सजिदा शेषको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा रहेको धारोमा नुहाउने क्रममा धारोमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।