राजनीति

प्रधानमन्त्री  प्रचण्डले बोलाए सत्तारुढ दलको बैठक

By खबरहब

January 30, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको बैठक बोलाएका छन् ।

गठबन्धन घटक दलका शीर्ष नेताका अनुसार प्रधानमन्त्रीले मन्त्रपरिषद् हेरफेर गर्नेबारेमा सबैसँग आन्तरिक छलफल गर्न लागेको बुझिएको छ ।

स्रोतले भन्यो, ‘यसमा कोशी प्रदेशमा कांग्रेसले गरेको अन्तरघातको सामान्य छलफल हुन्छ ।’

प्रधानमन्त्रीले पुस १० गते नै मन्त्रपरिषद् हेरफेर गर्ने बताएका थिए । तर कांग्रेसको असहमती पछि उनले त्यो काम गर्न सकेका छैनन् ।

आजको बैठक अनौपचारिक हो । प्रधानमन्त्री सचिवालयका अनुसार आज साँझ बैठक बोलाइएको छ ।