फाइल फोटो

अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय

By खबरहब

January 30, 2024

काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ । 

पाकिस्तानको विशेष अदालतले राज्यका गोप्य सूचना चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको हो । 

आफूमाथि लागेको आरोप पूर्वप्रधानमन्त्री खानले अस्वीकार गर्दै राजनीतिबाट निर्देशित भएको बताएका छन् ।

भ्रष्टाचार आरोपमा ३ वर्षको जेल सजाय सुनाइएको खान हाल काराबासमा छन् ।