सांकेतिक तस्वीर

देश/प्रदेश

रुखले किचेर एक जनाको मृत्यु 

By खबरहब

January 30, 2024

म्याग्दी– रघुगङ्गा गाउँपालिकामा रुखले किचेर एक जनाको मृत्यु भएको छ । रघुगङ्गा -३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रूख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । 

रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याँउदा चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ ।

फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान् नवीनसँगै टुनीको दाउरा काट्न गएका थिए । नवीनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारीले बाटोमा मानिस हेर्न बसेका थिए । भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो ।

मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।