खेलकुद

चर्च ब्वाइज आहारारा गोल्डकपको सेमिफाइनलमा

By खबरहब

January 30, 2024

काठमाडौं– चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरा रंशालामा नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।

चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले ७२ औं मिनेटमा गरे । पोखरा गोल्डकपको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन् ।

 चर्च ब्वाइजले बिहीबार त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ । त्यस्तै पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

 प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।