राजनीति

बालुवाटारमा गठबन्धन दलको बैठक जारी

By खबरहब

January 30, 2024

काठमाडौं– सत्तारुढ गठबन्धन दलको बैठक जारी रहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै गठबन्धन दलको बैठक सुरु भएको हो। 

राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलको बैठक आह्वान गरेका हुन्।

सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरूले मत नदिँदा कोशीमा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवार रहेकी नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले निर्वाचन हारेकी थिइन्। 

कांग्रेसका जनप्रतिनिधिहरूले कार्कीलाई हराएका भन्दै माओवादी नेताहरूले गठबन्धन दलभित्र गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै आएका छन्।