फाइल तस्बिर

राजनीति

राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रसको घटना गम्भीर विषय भएको सत्ता गठबन्धनको निष्कर्ष

By खबरहब

January 30, 2024

काठमाडौं- सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामाका बिषयमा प्रारम्भीक छलफल गर्दै कोशी प्रदेशमा भएको फ्लोर क्रसको घटना गम्भीर चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलले एक सिट गुमाएको र अन्य प्रदेशको नजिताका विषयमा छलफल भएको जानकारी दिए ।

कोशी प्रदेशको नतिजाले गठबन्धनभित्र कुनै प्रतिकूल प्रभाव नपार्ने पनि उनले बताए । कोशीको विषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको विषय भएको भन्दै उनले यसमा कसैलाई दोष दिन नहुने उल्लेख गरे ।

राष्ट्रियसभाका अध्यक्ष चयन, भावी राजनीतिक एजेण्डालगायतका विषयमा पछि बैठकमा छलफल हुने लेखकले बताए ।