अन्तर्राष्ट्रिय

इण्डोनेशियामा सञ्चालित चिनियाँ खनिज कम्पनी वन फँडानीमा संलग्न

By खबरहब

January 30, 2024

जकार्ता- इण्डोनेशियामा सञ्चालित चिनियाँ खनिज कम्पनीले व्यापक वन फँडानी गरेको पाइएको छ । इण्डोनेशियामा निकेल धातुको उत्खनन् गर्न सञ्चालित चिनियाँ कम्पनीहरु वनफँडानीमा संलग्न रहेको पाइएको हो ।

पछिल्लो समय विद्युतीय सवारीमा बढी प्रयोग हुने भएका कारण निकेललाई निकै नै महत्वपूर्ण मानिन्छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था क्लाइमेट राइट्स इन्टरनेशनलले जारी गरेको प्रतिवेदनमा इण्डोनेशियामा चिनियाँ कम्पनीले गर्ने वन फँडानीबाट औसतमा वार्षिक ४ लाख ५० हजार कारले जति कार्बन उत्सर्जन भइरहेको छ ।

पछिल्ला केही वर्षयता चिनियाँ कम्पनीले इण्डोनेशियाको निकेल खनिज क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । खासगरी इण्डोनेशियाको वेडा बे औद्योगिक पार्कमा सञ्चालित चिनियाँ निकेल कम्पनी वन फँडानीमा संलग्न रहेको उक्त संस्थाले जनाएको छ ।