शिक्षा

त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र तयार गर्ने

By खबरहब

March 30, 2024

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सबै सङ्कायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायको स्नातक तहका प्रश्नपत्रहरू अंग्रेजी र नेपाली भाषामा तयार गर्ने निर्णय गरेको हो  ।

त्रिविले आगामी प्रथम वर्षको परीक्षादेखि नै लागू गरि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा लागू गर्ने जानकारी दिएको छ  । यसअघि नेपाली बाहेक अन्य विषयमा प्रश्नपत्र अंग्रेजी भाषामा आउने गरेको थियो ।

भाषाका कारण नतिजामा असर गरेको भन्दै सरोकारवालाहरूले नेपाली भाषा पनि राख्न माग गरेका थिए ।