समाचार

डा. अरुण शाहीलाई ४ लाख ३५ हजार रुपैयाँको फेलोसिप

By खबरहब

March 30, 2024

काठमाडौँ– डा. अरुण शाहीले फोक्साे क्यान्सरको इजिएफआर (इपिडिमल ग्रोथ फ्याक्टर रिसेप्टर) म्युटेसन बारे थप अध्ययनका लागि ४ लाख ५० हजार रुपैयाँ बराबरको ग्राण्ट प्राप्त गरेका छन् ।

मेडिकल अंकोलोजिष्ट डा. शाहीले सिंगापुरमा हुने चार दिने प्रशिक्षणका लागि उक्त ग्राण्ट पाएका हुन् । युरोपियन सोसाइटी अफ मेडिकल अंकोलोजी र नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरको संयुक्त आयोजनामा आउँदो साता अस्पतालमा आधारित प्रशिक्षण हुँदैछ ।

उक्त सोसाइटीले हरेक वर्ष एशियाका १० देशका क्यान्सर रोग विशेषज्ञहरूलाई यस खालको प्रशिक्षण दिने गरेको छ ।

डा. शाहीले नेपालबाट आफू छनोट भएकोमा खुसी व्यक्त गर्दै प्रशिक्षणले नेपालमा बढ्दै गएको क्यान्सरका बिरामी र उनीहरूको उपचारका लागि थप सिकाइ हुने विश्वास व्यक्त गरेका छन् ।