फाइल तस्वीर

राजनीति

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

By खबरहब

March 30, 2024

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।

सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

संसद् बैठक भोलि बस्ने भएकोले त्यसअघि प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले परामर्श गर्न लागेका हुन् ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ ।