समाचार

पोखरामा अनौठो किसिमले बस दुर्घटना, दुईजना घाइते

By खबरहब

March 30, 2024

पोखरा– कास्कीको पोखरा–२८ अर्चलेमा बस दुर्घटना भएको छ । दुर्घटनामा बसका चालक र सहचालक घाइते भएका छन् ।

लेखनाथ–पोखरा रुटमा चल्ने ग१ख ८६८० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमै ठाडो परेको थियो ।

बसमा अन्य यात्रु नरहेको बताइएको छ । दुर्घटनामा घाइते भएका चालक र सहचालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।

अहिले दुर्घटना भएको बसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।