राजनीति

गृहमन्त्री प्रकरणमा छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै  

By खबरहब

March 30, 2024

काठमाडौं– नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेको छ । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको कांग्रेस सचेतक सुशीला थिङले बताइन् । 

आज सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलमा थिङले आफूहरूले सो अडान कायम राखेको खबरहबलाई बताइन् । 

उनले भनिन, ‘हरेक घटनामा यस्तो अभ्यास छ । हाम्रो माग संसदीय छानबिन समिति बनाउनुपर्ने नै हो ।’ 

उनले कांग्रेसले भोलि पदाधिकारी बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने समेत बताइन ।

थिङका अनुसार प्रतिनिधिसभा अवरुद्ध गरिरहने या अगाडि बढाएर आफ्नो अडानलाई निरन्तरता दिने भन्ने विषय भोलि बस्ने कांग्रेस पदाधिकारी बैठकले निर्धारण गर्ने छ ।