राजनीति

इलाम उपनिर्वाचन : घण्टी हस्तान्तरण गरेर उम्मेदवार सार्वजनिक

By खबरहब

March 30, 2024

काठमाडौं– इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । 

इलाममा एक कार्यक्रम गर्दै लिम्बूलाई रास्वपाले औपचारिक रूपमा उम्मेदवार बनाएको हो । 

रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले उप निर्वाचनका लागि उम्मेदवार घोषणा गर्दै  लिम्बूलाई चुनाव चिह्न घण्टी हस्तान्तरण गरेका छन् । 

रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘सभापति रवि लामिछानेले मिलन लिम्बूलाई घण्टी हस्तान्तरण गरेर औपचारिक रूपमा उम्मेदवार घोषणा गर्नुभयो। भूगोल बुझेका उम्मेदवार भएकाले हाम्रो जित सुरक्षित छ ।’