सांकेतिक तस्बिर

रुखले च्यापिएर बालकको मृत्यु

By खबरहब

March 30, 2024

डोटी- दाउराका लागि रुख काट्ने क्रममा च्यापिएर बालकको मृत्यु भएको छ।

डोटीको सायल गाउँपालिका-२ खड्गडाका १४ वर्षीय तिलक बोहरा दाउराको लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर घाइते भएका थिए।

डोटी अस्पतालमा उपचारको क्रममा तिलकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।