काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
यो क्षेत्रमा पर्ने ४२ मध्ये ३३ वडाको मतगणना भइसकेको छ । अहिले इलाम नपारपालिकाको मत गणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ६ हजार २ सय ६४ मतको अग्रता बनाएका छन् । उनले २२ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् ।
सुहाङलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ताजा अवस्थामा १६ हजार २ सय २८ मत ल्याएका छन् ।
उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार २ सय ५१ मत प्राप्त गरेका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ७ सय ६८ मत प्राप्त गरे छन्।
यस्तै नेकपा (एकीकृत समाजवादी) चारसय मत कटाउन संघर्ष गरिहेको छ । अहिलेसम्म कलमले ३७४ मत प्राप्त गरेको छ ।
शनिबार भएको मतदानमा यहाँ ६९ हजार २ सय ८७ मत खसेको थियो ।