राजनीति

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

By खबरहब

April 30, 2024

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको जमानत जफत भएको छ।

रास्वपाका मिलनले १० प्रतिशत मत कटाउन सकेनन्। उनको जमानत जफत भएको छ।

चुनावअघि नै रास्वपाका नेताहरूले त्यस क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवार लिम्बूले शानदार रूपमा जित्ने दाबी गरेका थिए।

मिलन निर्वाचनअगाडि नेकपा माओवादी केन्द्र छाडेर रास्वामा प्रवेश गरि इलाम २ मा उठेका थिए।

सुहाङ नेम्वाङले २७ हजार ७५२ मतसहित नेपाली कांग्रेसका डम्बर खड्कालाई हराए। यी दुईबीचको अन्तर ५८३० रह्यो।

खड्काले २१ हजार ९४२ मत प्राप्त गरे। तेस्रो भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे । रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरे।