क्रिकेट

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

By खबरहब

April 30, 2024

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा लखनउले खेलेका ९ खेलमा ५ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ । १० अंक जोडेको लखनउ अंक तालिकाको पाँचौँ स्थानमा छ ।

यस्तै, मुम्बई इण्डियन्सले भने यस सिजनमा खराब प्रदर्शन गरिरहेको छ । हालसम्म ९ खेलमा ३ जित र ६ हार बेहोरेको मुम्बई ६ अंकसहित नवौँ स्थानमा रहेको छ ।

लखनउ केएल राहुल मुम्बई इण्डियन्स हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ ।