ब्रेकिङ स्टोरी

इलामले बजाएको सांकेतिक घण्टीप्रति सचेत छौँ, सुहाङलाई बधाई : रास्वपा

By खबरहब

April 30, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम–२ को उपनिर्वाचनको परिणामबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

रास्वपका महामन्त्री डा. मुकुल ढकालले आज एक विज्ञप्ति जारी गर्दै इलाम–२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इंगित गरेका छन् ।

उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको परिणामबारे आगामी केन्द्रीय समिति बैठकमा गहन समीक्ष गर्ने समेत बताएका छन् ।

नतिजा पार्टी अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको सदैव सम्मान गर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।’

यसैबीच, रास्वपाले उपनिर्वाचनमा विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिँदै जनअपेक्षा अनुरुप कार्यसम्पादन गर्न सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

इलाम– २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए ।