समाचार

आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा (तस्बिरहरु)

By खबरहब

April 30, 2024

काठमाडौं– ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । हस्पिटल क्षेत्रको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने नियन्त्रणमा आएको छैन । 

ललितपुरको गोदावरी नगरपालिका- ६ आनन्दवनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरू खटिएका छन् ।

आगो निभाउन ललितपुर महानगरपालिकाको वारुणयन्त्र पनि परिचालन गरिएको छ ।