सांकेतिक तस्वीर

देश/प्रदेश

डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

By खबरहब

April 30, 2024

पाटन– डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको हो । 

डढेलो निभाउने क्रममा घाइते भएका दुईजनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएकामा एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी गराए।