काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता सङ्खुवासभा जिल्लाको पहिचान नै हाम्रो सान’ भन्ने नारालाई आत्मसात गर्दै समाज गठन गरिएको हो ।
रोजगारीको सिलसिला प्रवासी भूमि कुवेतमा रहेर पनि आफू जन्मेको जिल्लालाई सामाजिक विकासमा केही टेवा पुर्याउने र प्रवासी संखुवासभालीहरुको हरेक दुखसुखमा सक्दो साथ दिने उद्देश्यले समाज गठन गरिएको नवगठित समाजका अध्यक्ष विजय कुमार तामाङले जानकारी दिए ।
कुवेतको नेपाली समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहकार्य गर्ने समाज गठन गरिएको जनाएको छ । कुवेतको साल्मियास्थित डम्पा रेष्टुरेन्टमा संखुसभालीहरुको एक औपचारिक भेलाले तामाङलेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ।